महोत्तरी - २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा संलग्न हुने विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी बिधालय औरही नगरपालिका १ औरहीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल रबिन्द्र यादवले बिदाई भएर गएका विद्यार्थीहरुको सफलताको कामना गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भोलिका दिनमा भौतिक संरचना लगायत कुनैपनि सुविधामा कमी हुन नदिने बताए । उनले निकट भविष्यमा औरही नगरपालिका भित्रको उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्व समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा शिक्षक कृष्ण प्रसाद गौतम,शिक्षक नारायण गौतम,सुनिल चौधरी,धिरज झा,सबिर साफी,शिक्षिका सिता गौतम लगायतले सानैबाट आफुले पढाएको विद्यार्थीलाई विदाई गर्दा असहय पीडा भएको बताएका थिए । उनीहरुले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० का आशिक चौधरीले आफ्ना अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी अविर तथा खादा ओढाएर विदाई गरेका थिए । कक्षा ९ का चन्दाचौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कक्षा ९ का धिरज यादव, लिलेश यादवले गरेका थिएभने संचालन कक्षा ९ का धिरज यादवले गरेका थिए ।













