महोत्तरी – औरही नगरपालिकाका ९ वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता नविकरण गराउन सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि वडा कार्यालयहरुबाट गराउन सुरु गरिएको हो ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रिक प्रणालीबाट वडा नम्बर- १ देखि ९ सम्मका सबै वडा र नगरपालिकाबाट पहिलो पटक सुरु गरिएको छ ।



जस अनुसार यस नगरपालिकाको वडा नम्बर ८ का सुनैना देवीको नविकरण गरिएको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको केशव अधिकारीले जानकारी दिनुभयो । यसैगरी वडा नम्बर- १ मा नविकरण गराउन थालिएको नगरपालिकामा रहेको पञ्जिकरण शाखाका कर्मचारी मुकेश महतोले जानकारी गराउनुभयो । यस्तै अन्य वडाहरुमा पनि हिजैबाट नविकरण गराउन सुरु गरिएको छ ।





