जनकपुरधाम – साउन ७ गते राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने छन् ।



सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय हुन् ।
उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस् ।
पूर्वराज्यमन्त्री रायको हत्या,घटना शंकास्पद
https://shirishnews.com/2024/07/22/62944/
पूर्वराज्यमन्त्री रायको हत्या अनुसन्धान जारी : तीनजनाले हत्या गरेको प्रारम्भिक आकलन https://shirishnews.com/2024/07/22/62947/
पूर्वराज्यमन्त्री रायको हत्या घरमा काम गर्नेबाट भएको निष्कर्ष




