भैरहवा- रुपन्देही प्रहरी ले जिल्ला का बिभिन्न स्थानहरु मा चेकजाच गर्ने क्रम मा भारत वाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा अवैध सामान हरु सहित दुई भारतिय नागरिक को साथै ३ वटा मोटरसाईकल नियन्त्रण मा लिएको छ।
पक्राउ पर्ने मा भारत को महाराजगंज जिल्ला नौतनवा बस्ने ३२ वर्षिय जितेन्द्र बासफोर , महाराजगंज भगवानपुर बस्ने २४ वर्षिय सुरजित बासफोर रहेको र विभिन्न ठाउँ हरु वाट नियन्त्रण मा लिईएको अवैध सामान हरु को अनुमानित मुल्य ७ लाख २३ हजार ५ सय रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले सोमवार र मंगलवार नियन्त्रणमा लिएको सामान हरु मा आइफोन मोवाईल ७ थान, साडी ११६ थान, कुर्ता ५७ थान, बोईलर कुखुरा ५२ वटा र पहिचान नखुलेको मासु ८० के .जी रहेको जनाईएको छ। साथै नियन्त्रण मा लिईएको मोटरसाईकल हरु मा लु १२ प २२६५ नं को नेपाली नम्वर को मोटरसाईकल र यु पी ५६ एल २२५७ , यु पी ५३ वि पि ५३०३ नम्वर को भारतिय मोटरसाईकल रहेको रुपन्देही प्रहरी ले जनाएको छ ।
बरामद गरिएको बोईलर कुखुरा लाई पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया र सम्पुर्ण सामानहरु लाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन् ।





