महोत्तरी- महोत्तरी समाचारदाता महोत्तरीको मनराशिस्वा नगरपालिका वडा २मा तिनदिने झण्डा मेला महोत्सव आयोजना हुने भएको छ । मनराशिस्वा नगरपालिकाको कट्टीमा नौ खण्ड भएको लगभग एक सय फिटको झण्डा बनने भएको समितिका अध्यक्ष रोमन प्रताप सिंहले जनाएका छन।

सांस्कृतिक पर्वको रुपमा वि.स. २०११ सालमा सुरु भएको महोत्सव विगत ७० वर्ष देखी कट्टीमा आयोजना हुँदै आएको छ । झण्डा मेला महोत्सव यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएने भएको छ । असोज ३० बुधवार पहिलो दिन कट्टीमा घर-घरमा महाबिर हनुमानको झण्डा वितरण गरिने छ । कार्तिक १ गते दोस्रो दिन शोभा यात्रा निकालने र प्राण प्रतिष्ठा भएदेखि मेला महोत्सव विधिवत सुरु हुने श्री महाबिर झण्डा समितिका अध्यक्ष रोमन प्रताप सिंहले जानकारी दिएका छन ।



७० वर्ष देखी निरन्तर हुँदै आएको महाबिरजीको पुजनोत्सवका लागी विशेष तिथिमा झण्डा निर्माणका लागि बास काट्ने गरिन्छ । १५ वर्ष आगाडी उक्त तिथिमा झण्डा निर्माणार्थ बास नकाटिएको हुनाले बन्दरहरु द्वारा उक्त गाउँको खेतमा रहेको धानबालिमा क्षति पुर्याईएको थियो । त्यसपछि यस महोत्सवलाई अझ धूमधामका साथ मनाउन थालिएको समितिका अध्यक्ष रोमन प्रताप सिंहले बातए ।




