महोत्तरी – महोत्तरीबाट नक्कली नोट सहित एक जनालाई गिरफ्तार गरिएको छ। ईलाका प्रहरी कार्यालय गौशालाले विहीबार विहान गौशाला बजारबाट करीब ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ नेपाली र २ लाख ८० हजार ९ सय २९ रुपैयाँ भारतीय नोट सहित एकजनालाई गिरफ्तार गरिएको हो ।
गिरफ्तार हुनेमा गौशाला नगरपालिका ९ डुवरवन्नाका ४४ बर्षिय तरकारी व्यापारी सुकन महतो रहेका छन् । तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि घटना वाहिर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।



पछि उनको गौशाला स्थित डेरामा खानतलाशी गर्दा सो रकम फेला परेको प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताए ।
पक्राउ परेको महतो र बरामद भएको नक्कली नोट आजै जलेश्वरमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने तयारी भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।




