सप्तरी। सप्तरीमा घुमुवा प्रहरीको आतक बढदै गएको छ । पछिल्लो समय होटल,रेन्टुरेन्ट र लज ब्यवसायीहरु घुमुवा प्रहरीका नाममा आतंकित भईरहेका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई संजय न्यौपाने नामका ब्यक्तिले धम्की दिएर पैसा असुल गर्न थालेपछि आफुहरु समस्यामा परेको ब्यवसायीहरु वताउँछन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीदेखी भारदहसम्म घुमुवा असईको आतंक बढेको हो ।
जिल्लाको कंचनपुर, रुपनगर, महुली, सितापुर, भारदह, रुपनीसहितका बजारमा राजमार्ग छेउमा खुलेका होटल तथा लजमा गई आफु धुमुवा भएको वताएर न्यौपानेले पैसा उठाउने गरेका छन् । साँझ परेपछि आएर होटलमा वस्ने, खानपिन गर्ने अनि ‘यो होटलमा वेस्यावृत्ति गरेको सुचना आएको छ लेनदेन गरेर कुरा मिलाउने भए ठिकै छ, नत्र कारवाही अगाडि वढाउँछु’ भन्दै पैसा असुलने गरेको सञ्चालकहरुको भनाई छ ।



आफुले गलत नगरे पनि प्रहरीले कुनै आरोप लगाएर पक्राउ गर्यो भने एकातर्फ समाजमा प्रतिष्ठा सकिने र अर्कोतर्फ ब्यवसाय नै ठप्प हुने डरले आफुहरु पैसा दिन वाध्य हुनु परेको उनीहरुको गुनासो छ । ‘वेस्यावृत्तिको आरोपमा पक्राउ परियो ब्यवसाय त डुब्छ–डुब्छ, अर्कोतर्फ इज्जत पनि सकिन्छ’ एक ब्यवसायी भन्छन्–‘इज्जत र ब्यवसाय दुवै गुमाउँनु भन्दा वरु अलिअलि दिएर पठाउँछौं ।’राजमार्ग छेउछाउ खुलेका अधिकांश होटलहरुको समस्या रहेको छ ।
प्रहरीको नाममा भईरहेको यस्तो कृयाकलापका विषयमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्य भएको उनीहरुको भनाई छ । ‘होटेल संचालन कुनै समस्या भए स्थानिय प्रशासनले भनि दिनुपर्यो नत्र यसरी दुःख दिनु राम्रो होईन’ उनीहरु भन्छन् । न्यौपानेले सप्तरीको रुपनगर स्थित धरापानीको एक होटलमा केही पर्यटकहरुलाई समेत दुब्र्यवहार गरेको पाईएको छ ।
उज्वेकिस्तानवाट आएका २० बर्षिय इनोबाट राजाबोभा, २२ बर्षीय इस्मिगुल राजाबोभा र १८ बर्षिय डाइना यूसुफपोभालाई दुब्र्यवहार गरेको प्रत्यक्षदर्शीहरुले वताए । ३ दिन आगाडी ३ उज्वेकिस्तानीसहित ५ जनालाई भारतीय एसएसबीले जोगवनी नाकाबाट पक्राउ गरेको थियो ।
उनीहरु सप्तरीबाटै विरानगरसम्म गएको श्रोतको दावी छ । जानकारी अनुसार न्यौपानेले रुपनगरमा दुब्र्यवहार गरेपछि उनीहरु विराटनगर गएका थिए । सप्तरी प्रहरीका डिएसपी माधव प्रसाद काफ्लेले जिल्ला प्रहरी कार्यालयमा संजय न्यौपाने नामका सई कार्यरत रहको पुष्टि गर्दै उनको विषयमा कतैवाट त्यस्तो उजुरी भने नआएको वताए । यद्यपी आन्तरिक छानविन गरेर गलत काम गरेको पुष्टि भए कारवाही गर्ने उनले वताएका छन् ।




