माया , प्रेम यस्तो एउटा पवित्र शब्द हो जस्को सम्पूर्ण अर्थ बुझ्न सके जीवन निर्मल हुन्छ
ना उम्र की सिमा हो



ना जन्मका हो बन्धन।
जब प्यार करे दो दिल,
तो देखे केवल मन ।
(अर्थात मायामा जात,पात,उमेर, धनी गरिबको कुनै केहि पनि सिमा हुन्न, यदि साँचो प्यार भएको हो, त्यहाँ मन र मुटुको कुरा मात्र सुनिन्छ ।)
आज १४ फेब्रुअरी अर्थात भेलेन्टाइन डे विश्वभर मनाइदैछ। यो प्रेम र स्नेहको महत्वलाई चिनाउने विशेष अवसर हो, जसले मानिसहरूलाई उनकै प्रिय व्यक्तिहरूको लागि आफ्नो भावनाहरू व्यक्त गर्ने प्रेरणा दिन्छ।
फेब्रुअरी १४ का दिनमा मात्र नभई यसको हप्ता दिन अघिदेखि रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे अनि भ्यालेन्टाइन डे भनेर साप्ताहिक रूपमा यो पर्व मनाउने आकर्षण युवापुस्तामा बढ्दो छ ।
प्रणय दिवसको अवसरमा, जोडीहरू, मित्रहरू र परिवारका सदस्यहरूले एकापसमा उपहारहरू परिवर्तन गर्ने, विशेष तिथि मनाउने, र एकअर्काप्रति आफ्नो प्रेम र सम्मान व्यक्त गर्ने चलनको चासो लिन्छन्।
प्रेम एक यस्तो भावना हो जुन मानव जीवनमा अतुलनीय महत्व राख्दछ। यो भावना न केवल व्यक्तिगत सम्बन्धमा, बरु समाजमा पनि समृद्धि र शान्ति ल्याउँछ।
प्रेमको प्रेममा समर्पित विशेष दिनको रूपमा मनाइने यो अवसर, व्यक्तीगत सम्बन्धको गहिराईमा जान र प्रेमलाई सम्मानित गर्ने एक प्लेटफर्मको रूपमा काम गर्छ। यस दिन, प्रेमी जोडीहरू एकअर्कालाई आफ्नो मायाको अभिव्यक्ति गर्छन्, सन्देश लेख्छन्, उपहार दिन्छन् र सँगै समय बिताउँछन्। प्रेम दिवस सँगै, हामीलाई सम्झना गराउँछ कि प्रेमको शक्ति मानवता र सम्बन्धको मूल अवयव हो।
प्रेमको महत्व केवल व्यक्तिगत जीवनमा सीमित छैन, यसले सामाजिक, सांस्कृतिक र आर्थिक पाटोमा पनि ठूलो भूमिका खेल्दछ। प्रेमले हामीलाई एक अर्कामा सम्मान, समर्पण र सहयोगको भावना प्रदान गर्दछ। यसले पारिवारिक सम्बन्धलाई मजबुद बनाउँछ र समुदायमा एकता फैलाउँछ। प्रेमले सम्बन्धहरूलाई मात्र गहिराईमा पुर्याउँदैन, बरु आपसी समझदारी र सहयोगको आधारमा समृद्ध समाजको निर्माणमा प्रमुख योगदान पनि गर्दछ।
यद्यपि प्रेमको महत्व ठूलै छ, त्यसको अभिब्यक्ति र मापन गर्ने तरिका धेरै भिन्न हुन सक्छ। साँच्चैका प्रेममा ती भावनाहरूको परिभाषा र अर्थ हृदयबाट आउनुपर्छ। प्रेममा मौलिकता, विश्वास, र समझदारीका विशेषताहरू प्रमुख हुन्छन्। यसैले, प्रेम दिवस एक बहुमूल्य अवसर हो जसले हामीलाई आवश्यकता र प्रेमपूर्ण सम्बन्धहरूको महत्वलाई सम्झाउने काम गर्दछ।
प्रेम भन्ने विषय विशाल र अनन्त छ । विश्वका प्रख्यात साहित्यकारहरूले यस विषयमा अनेक गीत, कविता, निबन्ध, उपन्यास, काव्य, लेखेका छन । लेख्दैछन र पछिपनि लेख्ने छन । यसको महिमा अपरम्पार छ । प्रेम केवल एउटा शब्द मात्रै हैन बर्णन बाहिरको संजीवनी हो । यो यस्तो एउटा पवित्र शब्द हो जस्को सम्पूर्ण अर्थ बुझ्न सके जीवन निर्मल हुन्छ ।
प्रेम स्वतस्फुर्त हुन्छ । यो मनमा पलाउने कृया र प्रतिकृया हो जुन व्यक्तिको मनोविज्ञानसंग सम्बन्धित हुन्छ । प्रेम एउटा अद्भुत अनुभव हो । यो आत्मीयता, पवित्रता, प्रतिबद्धता, लगनशीलता र निरन्तरतामा पलाउने र हुर्किने तत्व हो ।
प्रेम “आशीर्वाद” हो । तर यो अनुभुतिलाई उपयुक्त समयमा, उपयुक्त पात्रका निम्ति, उपयुक्त ढंगले निश्चित प्रयोजनका निम्ति सदुपयोग गर्नु पर्दछ दुरूपयोग गरियो भने अभिशाप बन्छ । प्रेमको नियमित अनुभव र प्रेरणाले जीवनमा उर्जा, सकारात्मकता र गतिशीलता ल्याउँछ । एउटा व्यक्तिको जीवनमा प्रेमरसले चमत्कारिक रुपमा परिवर्तन ल्याउन सक्छ । आश्चर्य मान्नु पर्दैन तर सत्य के हो भने प्रेमको अभावमा एउटा व्यक्तिले आत्महत्या गर्ने प्रबल संभावना हुन्छ भने जीवन समाप्त गर्ने निर्णयमा पुगेको अर्को व्यक्ति प्रेमको साथमा अर्थात कसैले प्रेम गर्छु भन्यो भने त्यो निर्णय परिवर्तन पनि गर्न सक्छ ।
कुनै पनि व्यक्तिको जीवनमा प्रेमको ठूलो महत्व र भूमिका हुन्छ । कसैले पनि कसैलाई प्रेम गर्न सक्छ तर त्यसमा बासना, चाहना,र दोषि नजर मिसिएको हुनु हुँदैन ।हुनु पर्छ त केबल पवित्र प्रेम प्रतिको तृष्णा ।
अधिकाँश मानिसहरूले प्रेमलाई यौनसंग जोडेर हेर्छन जुन अर्थमा गलत छ । प्रेम र यौन दुईवटा छुट्टै विषय हुन । प्रेममा यौन मिसिनै पर्छ भन्ने छैन र मिसिए पछि सम्बन्ध बिग्रिने प्रबल संभावना पनि रहन्छ यदि त्यो प्रेम क्षणिक र अस्थायी छ । भने अर्थात प्रेमको बाटो भएर यौनमा पुगिन्छ, तर जब यात्रा नै यौनबाट सुरु हुन्छ,प्रेम गायब भैसकेको हुन्छ। वास्तविक प्रेम शरीरसंग नभएर आत्मा, विचार, भावना र उस्को मनोवृत्तिसंग हुन्छ । प्रेमले व्यक्तिको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ । देह (शरीर) संगको मात्रै प्रेम क्षणिक, उत्ताउलो प्रकृतिको मात्रै हुन्छ भने आत्मा, भावना, विचार र जीवनदर्शन संग सम्बन्धित र उत्सर्गित प्रेम अमर र दीर्घकालीन हुन्छ । स्वार्थसंग जोडिएको प्रेम खहरे खोलो जस्तो हुन्छ भने प्राकृतिक प्रेम निर्मल गंगा र विशाल झर्ना जस्तो हुन्छ। वास्तविक प्रेम निस्स्वार्थ, र निश्चल हुन्छ । प्रेम एउटा अन्तर्निहित भावना र अनुभव हो । यो आँफै अकस्मात् पलाउँछ र हुर्किँदै जान्छ तर यस्लाई हुर्काउन मल–जल आफै गर्नु पर्छ । सच्चाप्रेम निरपेक्ष हुन्छ । सच्चा प्रेमीले कुनै एक व्यक्ति विशेषलाई माया गर्दैमा अरूलाई घृणा कहिल्यै कदापि गर्दैन, या भनौ, सबैप्रति माया हुनु एउटा उच्च मानवीय गुण हो । प्रेमपूर्ण व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन अन्य सबै प्रति माया, स्नेह, करुणा र आदरभाव राख्छ ।
यस्तो छ भेलेन्टाइन डेको इतिहास
प्रणय दिबसको संक्षिप्त्त इतिहास नियाल्दा युद्ध पिपासु र दम्भि प्रवृत्तिका रोम साम्राज्यका राजा क्लडियस द्वितीयले तेस्रो शताब्दी तिर आफ्नो शासनकालमा सेनामा भएका नागरिकहरुले बिबाह गर्न नपाउने एउटा कठोर किसिमको सैन्य नियम जारी गरेको थियो । यसैबीच उनको सेनामा भेलेन्टाइन (खबभिलतष्लभ) नाम गरेका एकजना कृश्चियन पादरी जसले सेनाभित्र र बाहिर प्रेम र बिबाहका लागि प्रेरित मात्र नभै युवायुवतीका जोडिहरुलाइ सार्वजनिक स्थलमै सामुहिक बिबाह कार्यक्रम सम्पन्न गरेर निषेधारा तोडेको आरोपमा उनलाई इ.पु.२६१६ फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै क्रिश्चियन पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । अमेरिका, युरोप अष्ट्रेलियामा बिशेष रुपमा मनाउने यो दिवस हिजो आज नेपाल सहित बिश्वभरीनै प्रेमिल उत्सबको रुपमा मनाउने गरिन्छ ।
फेब्रुअरी १४ सामान्यतया सच्चा एवम् पबित्र प्रेमको सम्मानमा विशेषगरि प्रेमिल पौरखी जोडिले उत्साह पूर्वक बृहतम रुपमा पर्वको रुपमा मनाउँछ्न् ।
निष्कर्ष :
प्रेम चाहेर हुने, चाहेर दिने र चाहेर गरिने होइन, यो त संवात कति बेला, को सगँ र कसरी बस्छ थाहै हुदैन। अन्तमा सबैलाई प्रणय दिवसको शुभकामना ।




