महोत्तरी – बर्दिवास नगरपालिका–५ मा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबारदेखि लाग्ने वार्षिक मेला यसपटक विशेष रूपमा मर्यादित, सभ्य र भव्य बनाउने तयारी गरिएको छ। मेलालाई व्यवस्थित गर्न बर्दिवास नगरपालिकाले विभिन्न निकाय र सरोकार वालाबीच सहकार्यको अपेक्षा गरेको छ।
शनिवार मन्दिर परिसरमै आयोजित तयारी बैठकमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मन्दिर संरक्षण समिति र नगर पालिकाको पर्यटन पूर्वाधार विकास समितिबीच सहकार्य अपरिहार्य रहेको बताउँदै, धार्मिक पर्यटन प्रवद्र्धनसँगै मेलालाई व्यवस्थित बनाउने साझा लक्ष्यका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले भने,धार्मिक स्थलको संर क्षण र विकास नगरपालिकाको प्रमुख प्राथमिकता हो।



टुटेश्वर नाथजस्तो गहिरो आस्थाको केन्द्रमा आयोजना हुने मेला बर्दिवासको सांस्कृतिक,पर्यटन तथा धार्मिक पहिचानलाई नयाँ उचाइ दिन सक्षम हुनुपर्छ,“ नगर प्रमुख क्षेत्रीले हरेक वर्ष लाग्ने मेलामा स्थानीय उत्पादनको उपयुक्त प्रवद्र्धन नहुँदा मन्दिर आसपासका स्थानीय नागरिकको आर्थिक अवस्था बलियो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। उनले यस वर्षदेखि मेलामा स्थानीय कृषि, हस्तकला तथा घरेलु उत्पादनहरूका लागि पृथक स्टलको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्। “धार्मिक मेलामार्फत आर्थिक गतिविधिलाई पनि जोड्नु अहिलेको आवश्यकता हो,”क्षेत्रीले भने।





