prachand.
जनकपुरधाम- आज महोत्तरी आउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्यक्रम स्थगित भएको छ ।
प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनको पूर्व निर्धारित महोत्तरीको कार्यक्रम स्थगित भएको महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले बताए ।
प्रचण्डले आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा ८ वटा आधारभूत स्वास्थ्यचौकी भवन र एक कोभिड अस्पतालको संयुक्त रुपमा उदघाटन गर्ने तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय थियो ।
प्रचण्ड नआउने भएपछि पूर्व निर्धारित अन्य कार्यक्रम स्थगित हुने वा नहुने वा अरु कुनै केन्द्रिय नेता उक्त कार्यक्रममा सहभागी हुने विषयमा भने नेताहरु विमर्श मै जुटेको महोत्तरी इन्चार्ज खड्काले बताए ।
[embed]https://www.facebook.com/raju.khadka.3576/posts/4539111709540030[/embed]




