महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओली आज सडक शिलान्यास गर्न महोत्तरीको साेनमा आउँँदै छन् र प्रम ओली सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिनुभयो।
उहाँले दिउँसो १ बजे शिलान्यास कार्यक्रम रहेको जानकारी दिए । मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्ड को ८.३८४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो।



२०८३ साल चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ विश्व बैंकको ऋण सहयोगबाट हुने भए पनि टेन्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रा.लि.सँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित)मा सम्झौता भएको छ।
यस योजनाअन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ ।सोही परियोजना कै हिस्साको रुपमा यो सडक पनि रहेको छ।




