काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा ६ महिनाभित्र चुनाव हुने भएको छ ।नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित कार्कीको पद तथा गोपनियताको शपथ समारोहका क्रममा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले सो कुरा जानकारी दिएका हुन् ।
कार्कीले पद तथा गोपनियताको शपथ लिइसकेकी छन् ।







