महोत्तरी- महोत्तरीको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मृतक सदस्यको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
औरही नगरपालिका ७ भोइलमा सञ्चालित विषहारामाई सहकारीले मृतक सदस्यको हकवालालाई रामगोपालपुर न. पा. वडा नं ५ का वडा अध्यक्ष श्री मुकेश्वर शर्माज्यूले रु ४,६२,०००।- को चेक हस्तान्तरण गर्नुभयो। विषहारामाई सहकारीले मृतक रघुनाथ साहलाई रु ९ लाख ५० हजार ऋण लगानी गरी त्यसको बीमा सिटिजन लाइफ इन्सुरेन्स कम्पनीसँग गरेको थियो। बीमा दाबी गर्दा सिटिजनले रु ९ लाख ६० हजार संस्थालाई भुक्तानी गर्यो। संस्थाले आफ्नो ऋण चुक्ता गरी बाँकी पैसाको चेक मृतकका छोरा रामजीवन साहलाई हस्तान्तरण गर्यो।
सो अवसरमा यस संस्थाका उपाध्यक्ष प्रभु साह , सचिव राम नारायण साह , साना किसान कृषि सहकारी संस्था लि . रामगोपालपुरका प्रबन्धक प्रमोद कुमार मण्डल, यस संस्थाका व्यवस्थापक संजय कुमार यादब, लेखापाल रामश्रय यादव, रामबली मण्डल, स्थानिय बासी र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।




