सुजाता राई
विराटनगर । महिला क्षमता विकास केन्द्र सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा शनिबार वडा नं. ११ स्थित सामुदायिक भवनमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाकी अध्यक्ष कृष्णकुमारी थापाको सभापतित्व रहेको थियो। कार्यक्रमकी प्रमुख अतिथि पूर्व संस्थापक निर्मला भट्टराई तथा विशिष्ट अतिथि वडा नं. ११ की वडा सदस्य गायत्री थापा थिइन्। त्यसैगरी विशेष अतिथि संस्थाकी संस्थापक तथा हालकी उपाध्यक्ष इन्दिरा गिरि, संस्थापक तथा ऋण संयोजक जानुका बर्तौला, साथै संस्थापक भगवती नेपाल, सरोजा दुलाल र वडा सदस्य ज्ञानादेवी पासवाङ्गको उपस्थिति रहेको थियो।
सभामा यो वर्ष पनि नियमित कारोबार र सदस्यता सक्रियता कायम राख्दै उत्कृष्ट योगदान पुर्याउने तीन सदस्यलाई विशेष सम्मान गरिएको थियो।
सम्मानित सदस्यहरूमा उत्कृष्ट सेयर सदस्यमा रञ्जु खड्का, असल बचतकर्तामा सुनिता कामत र असल ऋणीमा गीतादेवी शाह रहेका छन् ।
गत बर्षमा खुद नाफा रु.२,१५,०००गर्ने लक्ष्य रहेकोमा रु.४,१४,३७१.७५ खुद नाफा भई लक्ष्य भन्दा बढी भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य जानुका बर्तौलाले मनमोहक गीत तथा प्रस्तुतिसहित आफैँले दिएकी थिइन्।
सम्पूर्ण कार्यक्रमको सञ्चालन मनु राईले गरिन्।





