सुजाता राई
विराटनगर । नेपाल स्रष्टा समाज र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिको संयुक्त आयोजनामा शुक्रबार खोटाङ सामाजिक सेवामञ्च, विराटनगर–४ मा बहुभाषिक राष्ट्रिय परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रमको अध्यक्षता नेपाल सष्टा समाज कोशी प्रदेशका संयोजक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलको अतिथ्यतामा विशिष्ट अतिथि बहुभाषिक अन्तर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेल रहेका थिए।

कार्यक्रममा अतिथि -डा. देवीपन्थी, शिवनारायण पण्डित ‘सिंगल’, उमनाथ भट्टराई, राजेन्द्र गुरागाईं सहित साहित्यिक समुदायका उल्लेखनीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।
परिचर्चामा कवि सन्तोष कुमार पोखरेलले नेपाली, हिन्दी, अंग्रेजी, रुसीसहित विविध भाषामा आफूले सिर्जना गरेका कविताको शैली, संरचना र नवीन प्रयोगबारे विचार प्रस्तुत गरे। प्रस्तुत अवधारणामाथि कार्यक्रममा सहभागी स्रष्टाहरूले सुझाव, टिप्पणी र आफ्ना धारणा पनि व्यक्त गरे।
डा. पन्थीले कार्यक्रमको उद्देश्य र महत्वमाथि चर्चा गर्दै पोखरेललाई बहुभाषिक सिर्जनामा निरन्तर योगदानका लागि बधाई तथा शुभकामना व्यक्त गरे।
कार्यक्रममा बाबुराम पोखरेल, प्रिन्स प्रमोद ढकाल, भीम कोइराला, सबिना श्रेष्ठ, प्रतिक श्रेष्ठ, शम्भुप्रसाद भट्टराई, निर्मला, मेथनाथ रिजाल, राधा भट्टराई, केदारनाथ ढकाल, लक्ष्मी राईमाझी, सुजाता राई, पुष्पा सायरा, मञ्जु घिमिरे (दाहाल), मीनकुमार नवोदित लगायतको उपस्थिति उल्लेखनीय रह्यो।
स्वागत मन्तव्य बाबुराम पोखरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मी रायमाझी ले गरेकी थिइन।




