महोत्तरी – सर्लाहीको हरिपुर्वामा आज मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
हरिपुर्वा नगरपालिका–६ स्थित हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बाटो काट्ने क्रममा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।


