महोत्तरी — महोत्तरीको गौशला नगरपालिका–१२ पररीयामा दिउँसो करिब २:५५ बजेको समयमा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लाग्दा एक युवक गम्भीर घाइते भएका छन्।
स्थानीय सोनमा गाउँपालिका–५ खैरबनी निवासी दुखा यादवका छोरा अन्दाजी २५ वर्षीय रंजित यादव पोलमा चढेर तार जोड्ने क्रममा माथिल्लो ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर घाइते भएका प्रहरीले जनाएको छ।



घाइते यादवलाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




