जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका नयाँ जिल्ला अध्यक्षहरू चयन गरेको छ। पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले गरिएको पार्टीको आज बसेको बैठकले गरेको उक्त निर्णयअनुसार आठ जिल्लामा नेतृत्व चयन गरिएको हो ।
चयनअनुसार सप्तरीमा ई. संजीव नारायण यादव, सिरहामा पंकज कुमार सिंह, धनुषामा अशोक साह र महोत्तरीमा बिरेन्द्र महतो जिल्ला अध्यक्ष बनेका छन्। त्यस्तै सर्लाहीमा सुबोध मण्डल, रौतहटमा राम कल्याण राउत, बारामा शिवनाथ पटेल र पर्सामा श्याम गुप्ता चयन भएका छन्।




पार्टीले नयाँ नेतृत्वमार्फत संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा स्थानीय तहसम्म पार्टीको उपस्थितिलाई बलियो बनाउने लक्ष्य राखेको जनाएको छ। नवचयनित अध्यक्षहरूले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




