ढल्केवर, धनुषा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले धनुषाको मिथिला नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको ढल्केवरमा शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले ६४ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत् चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्ष पदमा रामकुमार महतो चयन भएका छन् भने उपाध्यक्ष पदमा भुपाल बराल, दिनेश मण्डल र सुरेश महतो गरी तीन जना चयन भएको छ । यसैगरी सचिव नन्दकुमार सिलवाल, स–सचिव नरबहादुर बलम्पाकी, कोषाध्यक्षमा गंगा बलम्पाकीलगायतका सदस्यहरु रहेका छन् ।
प्रथम नगर अधिवेशनका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका नेता मातृका यादव, बिशिष्ट अथिति प्रदेश २ सरकारको वन, वातारण तथा पर्यटनमन्त्री सत्रुधन महतोलगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिति थियो ।







