काठमाडौं – राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित हुनु भएको छ । उहाँ रेडियो धनकुटाका स्टेशन म्यानेजर हुनुहुन्छ ।
आइतबार काठमाडौंमा सम्पन्न सङ्घको दोस्रो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल लाई निर्वाचित गरेको हो ।



त्यस्तै खुल्ला उपाध्यक्षमा विनोद परियार, महिला उपाध्यक्षमा सावित्री रसाइली, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली, मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक निर्वाचित हुनु भएको छ ।
त्यस्तै समावेशी उपाध्यक्षमा भिमबहादुर गन्धर्व चयन हुनु भएको छ ।
महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेश कुमार पासवान, सुनिता नेपाली र बसन्त विश्वकर्मा निर्वाचित हुनु भएको छ ।
महाधिवेशनले कोषाध्यक्षमा सञ्जय सौगात सहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिका ४५ सदस्यमध्ये १० जना पछि मनोनयन गरिने जनाइएको छ ।
दलित समुदायका पत्रकारको अधिकार सुनिश्चित गर्दै जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समावेशीकरणका लागि मिडियामार्फत सामूहिक तथा संगठित पहल र पैरवी गर्ने उद्देश्यले २०७६ सालमा सङ्घ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिनुभयो ।
संघमा देशभरका करिब १५ सय दलित समुदायका पत्रकार क्रियाशील रहेको जनाइएको छ ।





