सुजाता राई
विराटनगर । विराट साहित्य संगमद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको साहित्यिगक शृङ्खलाअन्तर्गत २३८औँ शृङ्खला राष्ट्रसेवक सहकारीको सभाहलमा सम्पन्न भएको छ।



संस्थाका उपाध्यक्ष जीवन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि तथा प्रा. डा. मेदिनी शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा प्रा. डा. मीनराज ढकाल, प्रा. एकराज भट्टराई, सरला चापागाईं, भीमेन्द्रबहादुर कार्की, एकनाथ ढकाल, चन्द्रकान्त भट्टराई, कविता केशरी, जमुना पौडेल, शान्ता कर्ण, सरीता तुलाधर, सुजाता राई, सरीता प्रसाईं, नानुमैया दाहाल, कविता भट्टराई, अम्बिका खरेल, कुमार प्रधान, गोविन्द भगत, केशव रिजाल, अर्जुन नेपाल, उमानाथ घिमिरे, किरण अन्जान, रोहणी रसिक, शारदा भट्टराई, गोपाल निर्भीक, हरिप्रसाद बराल तथा शैलेन घिमिरेलगायतले आ–आफ्ना सिर्जना वाचन गरेर सुनाए ।
प्रा. डा. हरिहर भण्डारी, सीमा आभास, सुमन पोखरेल, सेमन्त भट्टराई, अर्जुन ढुङ्गानालगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त गोष्ठीमा नगेन्द्रमणि न्यौपाने, विन्ध्या न्यौपाने तथा निरजकुमार खतिवडाद्वारा प्रायोजित सहभागिता प्रोत्साहन पुरस्कार सहभागीहरूमध्ये गोलाप्रथाबाट छनोट गरिएका कुमार प्रधान र नानुमैया दाहाललाई प्रदान गरिएको थियो।
कार्यक्रमले साहित्यिक सिर्जना आदान–प्रदान, स्रष्टाहरूबीच अन्तरक्रिया तथा साहित्यिक वातावरणलाई थप सशक्त बनाउन योगदान पुर्याएको सहभागीहरूले बताएका थिए।




