कृषि क्षेत्रको लागत घटाउन तथा उत्पादन बढाउनका लागि कृषिमा यान्त्रीकीकरण गर्ने उद्देश्यले महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा कष्टम हायरिङ्ग सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याईएको छ ।
नेपाल सरकारको राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई धनुषाको ५० प्रतिशत अनुदान तथा कृषक समूहको ५० प्रतिशत सहभागितामा सो हायरिङ्ग सेन्टरको स्थापना गरिईएको हो । कूल ५८ लाख २३ हजारको लागतमा स्थापना भएको सो कष्टम हायरिङ्ग सेन्टरको सञ्चालन २५ जना महिला कृषकहरु मात्र सहभागि रहेको पञ्चधुरा महिला कृषक समूहले गर्ने भएको छ ।
भंगहा नगरपालिकाको वडा नंं ४ रामनगरमा सञ्चालन भएको सो समूहमा रहेका २५ महिला कृषका ५० विघा कृषि योग्य भूमिमा उन्नत यन्त्र मार्फत खेती गर्नमा प्रत्यक्ष रुपमा सहयोग पुग्नुका साथै पालिकाका अन्य कृषकहरुलाई सस्तो दर रेटमा ती कृषिका उपकरणहरु उपलब्ध गराईने समूहका अध्यक्ष पुनिता कुमारी महतोले जानकारी दिनु भएको छ । कष्टम हायरिङ्ग सेन्टरवाट सैकडौ विघामा खेती गर्नमा सघाउँ पुग्ने वडाध्यक्ष गणेश कुमार महतोले जानकारी दिनु भयो ।
कृषि क्षेत्रमा मजदूरको अभाव भएको र वैदेशिक रोजगारीमा यूवाहरु गएका कारणले कृषि मजदूर पाउन कठिन भएको वेलान कष्टम हायरिङ्ग सेन्टरमा भएका उपकरणलाई प्रयोग गरेर किसानले समय, श्रम तथा लागत घटाउने उद्देश्यले स्थापना गरिईएको परियोजनाका कृषि अधिकृत राकेश कुमार यादवले जानकारी दिनु भएको हो ।
कष्टम हायरिङ्ग सेन्टरमा खेत जोत्नका लागि ट्राक्टर २, थ्रेसर २, रोटा भेटर २, रिपर २, ट्राक्टर मार्फत सञ्चालन हुने चापा कट्टर २, लेवलर १, कल्टिभेटर २ र टेलर १ थान रहेको परियोजनाका प्रमुख रामसोगारथ साहले जानकारी दिनु भयो ।
कृषि क्षेत्रको विकासका लागि कष्टम हायरिङ्ग सेन्टर महत्वपूर्ण भएकाले यसको सही प्रयोग गरेर कृषिको उत्पादन तथा लागत घटाउनमा कद्दत पुग्ने विश्वास मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सजय कुमार यादव यादवको रहेको छ । यस्ता प्रकारका कष्टम हायरिङ्ग सेन्टर अन्य ठाउँमा पनि सञ्चालन गर्न जरुरी रहेकोमा उहाँले जोड दिनु भयो ।







