महोत्तरी – रक्षाबन्धन पर्व नजिकिएसँगै महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा राखी तथा जनै खरिद गर्नेको भीड बढेको छ।
भाइबहिनीबीचको प्रेम,स्नेह र आत्मीयताको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन पर्वका लागि बजारमा विभिन्न प्रकारका राखी बिक्रीमा राखिएका छन्।



जनैपूर्णिमा तथा जनै फेर्ने दिनसमेत भनिने यस पर्वका लागि स्थानीय बजारमा चहलपहल बढेको हो।
मंगलबार औरही बजारमा ग्राहकहरू राखी तथा जनै खरिद गर्न व्यस्त देखिन्थे। बजारमा रु. २० देखि रु. २५० सम्मका विभिन्न डिजाइनका राखी बिक्रीका लागि राखिएको छ।
राखी बिक्री गर्ने महिला तथा युवायुवती र खरिद गर्ने ग्राहकका कारण बजारका विभिन्न स्थानमा रौनक बढेको छ।























तस्बिर : धर्वेन्द्र कुमार यादव‘यदुवंशी’शिरीष न्युज,औरही/महोत्तरी




