जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि व्यक्तिगत तर्फबाट १ लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले निधिले उक्त रकम सहयोग गरेका हुन् ।



बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै विपद्पछिको पुनःस्थापना कार्यमा समेत सहयोग पुग्ने अपेक्षासहित उनले व्यक्तिगत रूपमा उक्त रकम प्रदान गरेको जनाइएको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न व्यक्ति, संघसंस्था तथा राजनीतिक व्यक्तित्वहरूले आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराउँदै आएका छन् ।
निधिको सहयोग पनि यही मानवीय अभियानअन्तर्गतको व्यक्तिगत योगदानका रूपमा रहेको छ ।




