रवीन्द्र उप्रेती,बर्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार शनिबार करिब ४ः३० बजेतिर चुरेको उत्तरी भेगमा रहेको उक्त झरना घुम्न पुगेका सिरहाको धनगढीमाई नगरपालिका –२ निवासी १९ वर्षीय गणेश भण्डारीको डुबेर मृत्यु भएको हो ।



निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत भण्डारी आफ्ना सहपाठीसँग घुम्नका लागि तिरतिरे झरना पुगेका जनाइएको छ । सोही क्रममा उहाँको डुबेर मृत्यु भएको हो। प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षण (पोस्टमार्टम) लगायतका प्रक्रिया अघि बढाएको जनाएको छ । ्
इलाका प्रहरी कार्यालय बर्दिबासक अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घट्नास्थल बर्दिबासदेखि करिव २५ किलोमिटर उत्तरी क्षेत्रमा पर्छ ।




