सुजाता राई
विराटनगरमा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।



समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिवले विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न बोर्डले आगामी दिनमा विशेष पहल गर्ने बताए।

सहभागीलाई सम्बोधन गर्दै उनले प्रदेशमा बास्केटबल खेलको विकासका लागि उल्लेखनीय काम गर्ने योजना रहेको जानकारी दिए। खेलाडीको प्रतिभा पहिचान गरी विद्यालय तहदेखि नै प्रशिक्षण र अवसर उपलब्ध गराउन बोर्डले प्राथमिकता दिने उनले धारण व्यक्त गरे।
समापन समारोहमा प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।





