सिरहा – महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार (घुस/रिसवत) सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
विशेष अदालतले हिजो (बुधबार) उनलाई दोषी ठहर गरेको हो ।



यो पनि पढ्नुहोस : – सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत यादव घुस रकमसहित पक्राउ
यादवलाई एक उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पक्राउ गरेको थियो ।
अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिएको थियो ।
गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भएर महोत्तरीको सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका थिए । त्यहाँ पुगेको केही दिनमै उनी घुस रकमसहित पक्राउ परेका थिए ।




