सुजाता राई
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको प्रशिक्षक रिफ्रेसर कोर्स बिहीबार इटहरीमा सम्पन्न भएको छ।



इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उद्घाटन तथा समापन सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डकी अध्यक्ष गीता तिम्सिनाको प्रमुख आतिथ्यता र बोर्डका सदस्यसचिव विप्लव घोषको अध्यक्षतामा भएको हो।

कार्यक्रममा बोर्डका उपाध्यक्ष वशन्तराज आर्यलले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख प्रशासनिक अधिकृत विनोद पाण्डेले कार्यक्रम सञ्चालन सम्हाले।
कार्यक्रममा शुभकामना मन्तव्यपछि प्रमुख अतिथि मन्त्री तिम्सिनाले सहभागी प्रशिक्षकहरूलाई टी–सर्ट वितरण गरेकी थिइन्।
रिफ्रेसर कोर्समा प्रशिक्षक नारायण प्रधान, सुशील नरसिंह राणा र पार्थ सारथी सेन गुप्ताले प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष सन्तोषी श्रेष्ठ तथा सदस्यहरू पवित्र राम थापा, विना बस्नेत, इन्दु नेपाल (भट्टराई), गीता लम्साल, दुर्गा कठायत, अनिरुद्र चौधरी, बिमला भण्डारी, केशवकुमार भट्टराई र केशवकुमार कार्कीको उपस्थिति थियो। त्यस्तै बोर्डका सदस्य ईश्वर विक्रम शाह र इन्द्रकुमार योञ्जन तामाङ पनि सहभागी थिए।

यसैगरी सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिलकबहादुर बस्नेत, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरे, प्रदेश सरकारका सचिव भोगेन्द्र थापा तथा प्रदेश खेलकुद विकास बोर्डका लेखा अधिकृत दिपक घिमिरेलगायतको सहभागिता रहेको थियो।




