जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो ।
खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् । सांसद जैनब खातुनको निधनपछि उक्त सांसद पद रिक्त थियो ।




