
लहान। सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर - ८ मा अवस्थित श्री लक्ष्मण सेवा सदन भवनमा हिजो बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म बि.पि कोइरालाको ३९ औं स्मृति मनाइएको हो ।नेपाली काङ्ग्रेस सिरहा क्षेत्र न. २ का क्षेत्रीय सभापति रामचन्द्र यादव द्वारा आयोजित उक्त स्मृति कार्यक्रम रहेका थियो।
बि.पी. कोइरालाको तस्बिर राखी फुलमाला , रङ्ग , अविर सहित सबैले मौन धारण गरेका थिए।स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा सुखीपुर सुधार समितिका अध्यक्ष विपी भुवन यादवले दिवसको अवसरमा प्रशिक्षण समेत दिइएका थिए।
नेपाल र नेपाली जगतमा एउटा आदर्शवाद र शिक्षाविद्को रुपमा चिनाएका नेता कोइराला संसारबाट गएतापनि वहाँ सधैंका लागि,सबैका लागि पुज्णिय रहेका हुन। यो सँगै नेपाली काङ्ग्रेसले विपी कोइराला दिवस हरेक वर्ष झै यस वर्ष पनि भव्य र सभ्य रुपमा नेपालका विभिन्न ठाउँबाट मनाइएका हुन्।
कार्यक्रममा जिल्ला भरिका ३ दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति देखिएको थियोे ।