
महोत्तरी। महोत्तरीको बर्दिवासमा बेवारिस अवस्थामा एक वृद्धाको शव फेला परेको छ । महोत्तरीको बर्दिवास नगरपालिका-१ भप्सी पुल मुनि अन्दाजी ७० वर्षीया वृद्धाको शव फेला परेको हो ।
शनिबार दिउँसो सवा ३ बजेको समयमा मंगोलियन मूलको अनुहार जस्तो देखिने महिला बेवारिसे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
प्रहरीले ती वृद्धा महिलालाई कसैले चिन्न सकिन्छ भने प्रहरी कार्यालयमा सम्र्पक गर्न अनुरोधसमेत गरेका छन् ।