जलेश्वर । कोभिडको समयमा काम गराएर भत्ता नदिएको भन्दै जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरुले प्रदेश सरकार गुहारेका छन् ।जिल्ला अस्पताल जलेश्वरमा करारमा काम गरेका स्वास्थ्यकर्मीहरुले तलब दिएपनि ४ महिनाको भत्ता नदिएको भन्दै सरकार गुहारेका छन् । प्रदेश नम्बर २ का सरकारलाई उनीहरुले भत्ता उपलब्ध गराउन माग गरेका छन् ।
कोभिड महामारी बेला फ्रन्टलाईनमा खटेका ६५ जना स्वास्थ्यकर्मीहरुले आफ्नो भत्ता उपलब्ध गराउन माग गरेको हो । उनीहरुले साउनदेखि कार्तिक महिनासम्मको भत्ता नपाएको गुनासो गरेका छन् ।सो मध्ये रेडियोग्राफर तर्फ काम गरेका स्वास्थ्यकर्मी राम विवेक महतोले सम्झौता बमोजिम ७५ प्रतिशत भत्ता उपलब्ध गराउनुपर्नेमा काम गरेको सबै उपलब्ध गराएपनि बाँकी ४ महिनाको भत्ता उपलब्ध गराएका छैनन् । मासिक २१ हजार रुपैयाँ भत्ता पाउने भन्दै ८४ हजार रुपैयाँको भत्ता उपलब्ध गराउन माग गरेका छन् ।उनले चिकित्सक, नर्सहरुलाई शतप्रतिशत भत्ता उपलब्ध गराउने करार सम्झौता भएको थियो । उनीहरुले पनि ४ महिनादेखि भत्ता पाउन सकेका छैनन् ।
चार महिनाको भत्ता उपलब्ध गराउन सरोकारबालासँग माग गरेका छन् ।उनले प्रदेश नम्बर २ का समाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय समेत गुहारेको जनाउँदै कुनै पनि निकायले चासो नलिएको सुनाए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उनले अस्पतालका मेसु डा. सतिष साहसँग भत्ता माग गर्दा माथिल्लो निकायमा आग्रह गरेको प्रतिकृतालाई उदृत गरे ।उनीहरुले अस्पतालबाट उत्तम सहयोग पाएको प्रतिक्रिया दिँदै चार महिनाको भत्ता समेत उपलब्ध गराइदिन अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। स्रोत : न्युज ब्युरो