
एजेन्सी – भारतमा काेराेना संक्रमणकाे ग्राफ फेरि उकालाे लाग्न थालेकाे छ।
बिस्तारै घट्दै गएकाे संक्रमण फेरि उकालाे लाग्ने क्रम सुरु भएकाे छ।
गएकाे मंगलबार भारतमा ३० हजार भन्दा कम संक्रमित फेला परेका थिए। तर त्यसपछिका दिनमा फेरि संक्रमित बढ्न थालेका हुन्।
पछिल्लाे २४ घण्टामा ४४ हजार २ सय ३० संक्रमित थपिएका हुन्। याे अवधिमा ४२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् भने ५५५ जनाकाे मृत्यु भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएकाे छ।
याेसँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३ कराेड १५ लाख ७२ हजार भन्दा धेरै पुगेकाे छ।
ती मध्ये ३ कराेड ७ लाख ४३ हजार भन्दा धेरै निकाे भएका छन् भने ४ लाख २३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
अहिलेसम्म भारतमा आफ्ना ४५ कराेड ६० लाख ३३ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।