
सर्लाही । कोरोना महामारी कायमै रहेकोले प्रभावकारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको कोभिड(१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले ७ भदौ १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
सर्लाहीमा अहिले पठनपाठन बाहेक सबै सेवा निर्वात रुपमा संचालनमा रहेको छ ।
खोप र पिसिआर चेकजाँचलाई प्राथमिकतामा राखेर रोकथाममा सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।
स्कुल संचालन गर्न पाउनुपर्ने माग बारे छ्लफल भए पनि तत्काल खोल्ने निर्णय नभएको प्रजिअ महतोले बताए ।
बैठकले कोभिसिल्डको दोस्रो डोज लागाउन बाकी रहेकालाई भदौको दोस्रो साताबाट लगाउन सुरु गरिने छ भने तत्काल कुनै सरकारी तथा निजिसेवा बन्द गर्ने निर्णय नभएको बैठकमा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्रले जानकारी दिए ।