
औरही नगरपालिका नगर प्रमुख सुनिल कुमार यादव ,रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोक कुमार मंडल,लोहारपट्टी नगरपालिका नगर प्रमुख शैलेन्द्र कुमार यादव र भङ्गहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार साह
महोत्तरी : भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा नगरबासी,जिल्लाबासी लगाएत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा औरही नगरपालिका नगर प्रमुख सुनिल कुमार यादव ,रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोक कुमार मंडल,लोहारपट्टी नगरपालिका नगर प्रमुख शैलेन्द्र कुमार यादव र भङ्गहा नगरपालिकाका नगर प्रमुख संजीव कुमार साहले सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छ्न।
श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा मेयरहरुले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याएको बताएका छन ।
भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् भन्दै उहाँले हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ-आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ भन्ने सबैमा शुभकामना व्यक्त गरेका हुन्।