
जनकपुरधाम- धनुषामा एक युवतीलाई विहे गर्छु भनि प्रलोभनमा पारी गर्भवती बनाई फरार भएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ विरुद्ध २०७६ चैत्र ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा जलेश्वर नगरपालिका ९ बस्ने १७ वर्षीया निहारिका राजपुतले मुद्दा दर्ता गराएकी थिईन् ।
मुद्दा दर्ता पश्चात फरार रहेका श्रेष्ठ आज अदालतमा हाजिर हुन आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निहारिकाका अनुसार शिवराज श्रेष्ठले २०७६ सालमा १६ वर्ष कै उमेरमा आफूलाई बिबाह गर्छु भन्दै प्रेमजालमा फसाई यौन सम्बन्ध बनाएको र यौन सम्बन्धबाट गर्भवति भएपछि श्रेष्ठलाई विवाह गर्न भनेपछि फरार भए ।
२०७६ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर पुगेकी निहारीकाको २०७६ चैत ३ गते अदालतमा मुद्दा दायर भएको थियो । त्यसवेला देखिनै फरार अभियुक्त श्रेष्ठ अदालतमा हाजिर भए पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
निहारिकाले बुधवार अदालतमा पेशी रहेको बताईन् । उनले न्याय पाउनेमा शंका लागेको बताउँदै उनले पहुँच र पावरवालाको दुनिया रहेकाले आफु अबिबाहिता आमालाई न्यायका लागि पहल गरिदिन संचारकर्मीहरु संग आग्रह गरेकी छिन् ।
निहारिकाले २०७७ भदौ ५ गते छोरा पाएकी पछि अबिबाहिता आमा भनेर चर्चा पाएकी थिइन र उनी मिडियामा आफू माथी भएको अन्यायको पक्षमा खुलेरै बोल्दै न्यायका लागि लड्ने बताउँदै आएकि छिन् ।
अहिले एक वर्ष १५ दिनको छोरा सहित निहारिका अदालत र प्रहरीमा न्यायको लागि धाई रहेकि छिन् । उनले भनिन्, ‘मलाई केहि चाहिदैन, मलाई यस्तो हालतमा पुर्याउने श्रेष्ठसंग अब बिबाह गरेर बस्न सकिदैन । मलाई उसको अंश र सम्पतीको पनि कुनै लोभ छैन । बस कानुन अनुसारको श्रेष्ठ माथि कडा कारवाही हुनुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय धनुषामा पिडित निहारिकाले आरोपित श्रेष्ठ विरुद्ध २०७६ माघ १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिन गएपनि प्रहरीले दर्ता गर्न नमाने पछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा प्रदेश २ सरकारका मुख्यन्यायधिवक्ता कार्यालय जनकपुरका निःशुल्क कानुनी सहायता अधिकृत रिंकु कुमारी यादवको सहायता लिएर उजुरी दर्ता गराइएको थियो ।
पीडित युवतीको चैत ३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको थियो । तत्कालिन समयमा पीडित निहारिका १६ हप्ताको गर्भवती रहेको अस्पतालको रिर्पोटमा उल्लेख छ ।