
जनकपुर। जनता समाजवादी पार्टी (जसपा)का ११ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पुर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । सोनलले भने आज सनाखत नगराउने बताइएको छ ।
सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए । अहिलेसम्म लोसपना रोज्ने सांसदहरु :
१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह
११. उपेन्द्र महतो
तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।