
जनकपुधाम - काठमाण्डुबाट भाडा गरी सर्लाही ल्याएर गाडी लुट्ने मामा भान्जालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धनुषाको धनुषाधामबाट सुनसरीको भोक्राहा ५ का २७ वर्षीय मुरुदिन मियाँ र नबिव आलम पक्राउ परेका हुन् ।
उनीहरु नातामा मामा भान्जा पर्छन् । काठमाण्डुबाट घर पुग्ने भन्दै बा. २ ज. ३९४० नम्बरको सुजुकी कार भाडा गरेका थिए । भाडा १२ हजारमा तय भएको थियो । तर सर्लाहीको जंगलमा आइतवार विहान आइसकेपछि चालकको टाउकोमा रडले हानेर बेहोस् बनाए, अनी गाडी लिएर भागे । बेहोस् भएपनि चालक तत्कालै प्रहरीलाई खबर गरे ।
त्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो ।
त्यसपछि इ–रिक्सा चढेर उनीहरु खोजे । तर प्रहरीको विशेष टोलीले दुबैजनालाई पक्राउ गर्न सफल भएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले पक्राउ परेका दुबै जनामाथि कारवाही अगाडी बढाएको बताए ।