
मिठो कर्णप्रिय भाषा को रुपमा चिनिने मिथिला को मैथलि भाषा, बहुसंस्कृति ,लोकप्रिय पर्वहरु ,बिबाह रब्रतबन्ध मा गाइने परम्परागत लोकगित , भजन –किर्तन र सुमधुर ध्वनि निकाल्ने बाँसुरी, सहनाई, ताल वादन, ढोलक, डम्फु, डमरु, शंख, घण्टीलगायत का लोपोन्मुख बाजा जसले एकातिर संस्कृति संरक्षण मा मदत पुर्याउदछ। भन्ने अर्को तिर ध्वनि प्रदुषण बाट उत्पन हुने स्वास्थ्य समस्या, शान्ति सुरक्षा लगायत का कयौ प्रत्यक्ष वा अप्रत्यक्ष नकारात्मक प्रभाव बाट जोगाउने गर्दछ ।यस्तो राम्रो संस्कृतिक धरोहर लाई संकट मा पार्दै आयातित बाजा र नृत्य मा रमाउनु कति को उचित हो मनन गर्नु पर्ने बेला आएको छ ।
डिजे को नकारात्मक प्रभावहरु
ध्वनि प्रभाव
कुनै प्रकार को अनुपयोगी ध्वनि जसले मानिस र जनावर लाई समेत असर पार्ने किसिम को छ भन्ने त्यसलाई प्रदुषण को रुपमा लिइन्छ ।ध्वनि प्रदूषणको परिभाषा देश देशअनुसार फरक फरक छ। मेक्सिकोमा “मानिसलाई दिक्क पार्ने वा हानि पुऱ्याउने जुनसुकै नमीठो आवाज” ध्वनि प्रदूषक हो। न्यु जील्याण्डमा “कुनै पनि व्यक्तिको शान्ति, आराम र सुविस्तामा बिना कारण खलल पुऱ्याउने जस्तोसुकै आवाजलाई” ध्वनि प्रदूषक मानिन्छ।
सरकारले २०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशित गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रियमापदण्ड २०६९ जारी गरेको थियो ।सो अनुसार औधोगिक क्षेत्रमा दिनको समयमा ७५ डेसिबल र रातमा ७० डेसिबल, व्यापारिक क्षेत्रमा ६५ र ५५ डिसेबल, ग्रामीण आवास क्षेत्रमा ४५ र ४० डेसिबल मात्र हुनु पर्ने तोकेको थियो जबकी डिजे बाट १०० डेसिबल भन्दा बढी ध्वनि उतपन्न हुने गर्दछ यसरी ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर गर्ने ,दिनभरी काम गरेका मजदुर रातिमा आरामले निदाउन पाउदैनन । विद्यार्थीको पढाई लेखाइमा डिस्टर्व हुने , अस्पतालका बिरामी लगायत सबै क्षेत्रमा ध्वनी प्रदुषणले असर पारिरहेको छ । यसरी कानूनहरुको ठाडै उल्लघंन भई दण्डहिनताले प्रश्रय पाएको, अध्ययन अध्यापन गर्ने कार्यमा अवरोध भएको, स्वस्थ रहनको लागि आवश्यक पर्ने निन्द्रामा समस्या भएको आम नागरिकले हैरानी ब्यहोरिरहनु परेको छ ।
संस्कृतिक प्रभाव
डिजे ले समाज मा आधुनिकता को नाम मा बिकृति फैलाउदै गरको छ डिजे संगै अश्लिलता बढ्दै गएको छ ,सामाजिक द्वन्द कहिले काहि मृत्यु को कारण समेत हुने गरेको छ ,घरायशी झगडा र संस्कृतिक अतिक्रमण गरेको छ ।जसले गर्दा पौराणिक बाजा ,नाटक जस्ता थुप्रै संस्कृति लोप हुन् लागेको छ ।
आर्थिक प्रभाव
अन्य बाजा को तुलना महँगो हुने ,अनावश्यक खर्च बढ्ने ,समाजमा आफुलाई ठुलो देखाउने होडबाजी हुने र सिमा क्षेत्रमा पारी बाट भित्रिन सक्ने भएकोले बाह्रियाले रोजगारी पाउने जस्ता नकरात्मक प्रभाव रहेको छ ।
शान्ति सुरक्षा मा प्रभाव
चर्को आवज को फाइदा उठाई चोरी,डकैति जस्ता अपराध को घटना बढ्ने देखि अश्लिल नृत्यमा झैँ झगडा हुने गर्दछ।
यसको रोकथाम र नियन्त्रण का लागि गर्न सकिने प्रयासहरु
ध्वनि प्रयोगकर्ताले ध्वनि प्रदूषणलाई प्रतिष्पर्धा र धार्मिक आस्था र अधिकारको रुपमा लिने गरेका कारण यसको नियनत्रण मा ठुलो चुनौती हुन् गएको छ ।त्यसैले यसको नकरात्मक प्रभावहरु को बारे जनचेतना फैलाउने ,आफ्नो मनोरंजन ले अरुको स्वास्थ्य र शान्ति सुरक्षा मा असर पर्न सक्ने भन्ने कुरा को हेक्का राख्ने र अन्तमा यो दण्डनीय कानुनी अपराध हो भन्ने कुरा कहिले न बिर्सिने र यसलाई नियन्त्रण का लागि सबै स्तर बाट सकारात्मक अभियानी प्रयाश को थालनी गर्नु नै बेश हुने छ ।