
बर्दिवास- सनराइज बैक लिमिटेड बर्दिवास शाखाले १४ औं बार्षिकउत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बर्दिवास शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको शाखाका प्रवन्धक मोहनकुमार अधिकारीले जानकारी दिनुभयो । बार्षिकउत्सबको अवसरमा गरिएको रक्तदानमा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायत उपस्थित रहेको प्रबन्धक अधिकारीले जानकारी दिनुभयो ।
सनराइज बैक बर्दिवास शाखाको आयोजना तथा रेडक्रस बर्दिवास उपशाखाको सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
