महेन्द्रनगर- धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा शुक्रवार साँझ मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा जनकपुरका आशिष चौधरी र बलराम गुप्ता रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारको लागि जनकपुरतर्फ पठाएको बताइएको छ ।
ढल्केवर जनकपुर सडक खण्ड अन्तर्गत ढल्केवरबाट जनकपुर तर्फ गईरहेको प्रदेश २-०२-००१ प ६९९४ नम्बरको मोटरसाईकल नक्टाझिजस्थित विश्वकर्माचौकमा पाडोमा ठोक्किएर दुर्घटना भएको छ ।
बाटो क्रस गरिरहेको पाडोलाई तिव्रगतिमा रहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । सो दुर्घटनामा मोटरसाइकलको ठक्करबाट स्थानीय शोभाश्रीचन महतोको पाडाको ज्यान गएको छ ।




