जनकपुरधाम- जनता समाजवादी पार्टी नेपाल (जसपा)को प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएका छन ।
प्रदेशका कृषि मन्त्री समेत रहेका मन्त्री यादवलाई जनकपुरधाममा वसेको प्रदेशको समायोजन वैठकबाट अध्यक्षमा पुनः चयन गरिएको हो ।
पार्टीमा एक व्यक्ति एक पद लागु भएकोले यादवले अध्यक्ष पदबाट राजीनामा दिएका थिए भने केन्द्रिय समितिमा आफनो पदलाई वरकरार राखेका थिए । तर आइतवार अवेर सांझ भएको छलफलबाट यादवलाई पुनः अध्यक्षमा चयन गरिएको छ ।