बारामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै ज्यान गयोएका छन।
बुधबार राति ८ बजे निजगढदेखि कोहल्बी जाने सडकखण्डमा निजगढको तामागढीबाट कोहल्बीतर्फ गइरहेको बा ११ च ४५११ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
बाराको कोहल्बी नगरपालिका–२ बस्ने ३८ वर्षीय पेमा दोर्जे घिसिङ र ४० वर्षीय डेनी स्याङताङको घटनास्थलमै मृत्यु भएको उनले बताए।
कारका चालक कोहल्बी नगरपालिका–२ बस्ने ४५ वर्षीय बद्री अधिकारी पनि सामान्य घाइते भएको तथा उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको यादवले बताए।
कार अहिलेसम्म दुर्घटनास्थलमै रहेको तथा मृतकको परिवारसित वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




