वर्दिवास- नेकपा एमालेका युवा नेता मिन रहपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
दुई दशक देखि नेकपा एमालेको विभिन्न तहमा रहेर समाजिक क्षेत्रमा काम गरिरहेका रहपाल पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले असन्तुष्ट भई पार्टी परित्याग गरेका हुन् ।
पार्टी भित्र एकात्मक रुपमा काम गर्ने प्रबृति कारण एमालेका अध्यक्ष ओलीको व्यवहारले पार्टी भित्रका सबै वर्ग समुदायलाई समान रुपले नहेरेको हुँदा अन्य धेरै नेताहरु सो पार्टी त्यागेका हुन् ।
एमाले त्यागेर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)मा प्रवेश गरेका युवा नेता रहपाल महोत्तरी जिल्ला कमिटिको सचिवालय सदस्य र सो पार्टीकै नेपाल दलित मुक्ति संगठनका प्रदेश नं. २ का अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्यको दायित्वमा रहेका थिए ।