सिन्धुपाल्चोक पाङफुङ क्षेत्र केन्द्रविन्दु भएर भुकम्प गएको छ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सोमबार दिउँसो १ः४६ मिनेटमा पाङफुङ केन्द्र विन्दु भएर भुकम्प गएको हो।
भुकम्पको धक्का काठमाडौँ उपत्यका र दोलखा जिल्लामा महसुस गरिएको थियो।




