
महोत्तरी। महोत्तरीको बर्दिवासमा प्रथम बर्दिवास गोल्ड कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
खेलकुुदको विकासमा सहकार्य गरौ, बर्दिवासलाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं भन्ने नाराका साथ बर्दिवास सहयोगी युवा क्लवको आयोजनामा मंगलवार देखि खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ९ गते देखि १६ गते सम्म चल्ने आयोजक टिमले बताइएका छन ।
बर्दिवास स्थित बर्दिवास रंगशाला खेल मैदानमा सुरु भएको खेल प्रतियोगीतामा बर्दिवास नगरपालिका नेपाली काङ्ग्रेसका युवा नेता प्रलाद कुमार क्षेत्रीले उद्घाटन गरेका थिए ।
कार्यक्रम उदघाटन गर्दै क्षेत्रीले बर्दिवासको बिकासका लागी आफु सदैव तत्पर रहने बताए । उनले यस बर्दिवास नगरपालिकामा दैनिक लागु औषधका कारण अकालमै मृत्युु भईरहेका युुवाहरुलाई कुलत बाट खेलकुुदमा परिवर्तन गर्न सहयोग गर्ने बताए ।
बर्दिवास नगरपालिका प्रदेश नं.२ कै लागुऔषध ओसापोसारको केन्द्र विन्दुु बन्दै गईरहेको छ । यस संदर्भमा बर्दिवास नगरपालिकाको कुनै ध्यान नरहेका देखिन्छ । बर्दिवास विकासका लागि हरेक वर्ष डिपिआर र आईईका नारा लगाएर जन्ताहरुलाई भ्रमित बनाईरहेको हाम्रा मेयर विदुर कुमार कार्कीले यी शव्दहरुलाई विर्सेर युुवाहरुका लागि पनि विकास मुखि खेल मैदान बनाउने र खेलकुदमा अगाडी बढाउ सुझव दिए ।
बर्दिवास नगरपालिकामा वर्षेनि लाखौ रकम युवाहरुको विकासका लागि छुुट्टयाई रहेका छन । तर ति रकमहरु विकासको रुपमा नभई विनासको रुपमा परिवर्तन हुदै गईरहेको नेता क्षेत्रीले बताए ।
बर्दिवास नगरपालि लाई लागु औषध मुुक्त सहर बनाउने हो भने बर्दिवासका युवाहरुलाई रोजगारमा परिवर्तन गर्नु पर्ने आवश्यक रहेको बताए । दैनिक रुपमा लागु औषधको केन्द्र बन्दै गईरहेको बर्दिवास सहरमा स्कुुलका बालबालिका देखि युवाहरु ख्ुालेयाम लागुऔषध सेवन र विक्री वितरण गदै आईरहेका छन । बर्दिवास नगरपालिकाले दुुई चार रुपैया छुुट्टयाएर हुदैन यसका लागि युवाहरुमा एकमुुष्ठ रकम लगानी गर्नु पर्ने आवश्यक रहेको युवा नेता क्षेत्रीले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । त्यसैगरी प्रतियोगिताको दोस्रो हुने समूहले ७५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने बर्दिवास सहयोगी युवा क्लवका अध्क्षय छत्र बहादुर खडकाले बताए ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ डिफेन्डर, अनुशासित प्रतियोगी समुह र सर्वाधिक गोलकर्तालाई पनि विशेष पुरस्कारको ब्यवस्था गरिएको छ ।
त्यसैगरी आज भएको पहिलो खेल विरगंज युुनाईटेड क्लव र विराट युुवा स्पार्टस क्लवको बिच भएकोे थियो । खेलको समय सिमा सकिए पछि पेनाल्टिी सुटआउनमा १ गोलले विराट युुवा स्पार्टस क्लवले जित हासील गरेका छन । आज भएको पहिलो खेलमा मेन अफ द मेन विराट युुवा स्पार्टस क्लवका गोल रक्षक निरज चौधरी भएको आयोज टिमले बताए ।


