गरीव मारा यो व्यवस्था, फाल्ने कोहि जन्माइदेऊ ,
ए भगवान देशमा आगो, बाल्ने कोहि जन्माइदेऊ !!
भ्रष्टाचार र घुसखोरीले, देशै आक्रान्त छ अचेल ,
भ्रष्टजति छान्दै टाउको,छिनाल्ने कोहि जन्माइदेऊ !
दक्षिण बाट देशको सिमा, मिचिँदै छ दैनिक जसो,
सारिएका सबै पिलर, उखाल्ने कोहि जन्माइदेऊ !
देश भित्र चलखेल गर्दै, अशान्ति मच्चाउनेलाई ,
घोक्रे-ठ्याँक लगाएर, निकाल्ने कोहि जन्माइदेऊ !
तँ यो पार्टी अनि म त्यो पार्टी, भन्दै लड्नेहरू भन्दा ,
गर्वकासाथ् देशको झण्डा,उचाल्ने कोहि जन्माइदेऊ !!


