भारत : दिपावलीकै दिन रक्सी खाएर ९ जनाको मृत्यू हुँदा सिँगो गाउँ नै शोकमा डुबेको छ ।
छिमेकी मुलुक भारतको बिहार राज्यस्थित गोपालगँजमा रक्सी खाएर ९ जनाको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । मृत्यू हुनेको सँख्या अझै बढदै गएको बताइएको छ ।
यस घटनामा डिएम डा. नवल किशोर चौधरीले गोपालगँजमा अहिलेसम्म ९ जनाको मृत्यूको पुष्टि गरेका छन् । सबै लासको पोष्टमार्टम गरिएको छ ।
सोही विषयमा तीन ठाउँमा छापामारी गर्दा तीन जनालाई पक्राउ समेत गरिएको छ । पक्राउ गरिएका तीनैजनाको घरबाट लोकल रक्सी (खुल्ला रक्सी) को पाउच समेत फेला परेको छ । ईमरजेन्सीको लागि डाक्टरको मेडिकल टीम तयार राख्न डिएम चौधरीले कडा निर्देशन समेत दिएका छन् ।
यसका साथै, पश्चिम चम्पारणमा समेत ८ जनाको शँकास्पद मृत्यू भएको छ । विषालु रक्सी सेवनले उनीहरुको मृत्यू भएको अनुमान गरिको छ । जिल्ला प्रशासनले मृत्यूको पुष्टि समेत गरेको छ । तर, एक मृतक परिवारका अनुसार, विषालु रक्सी खाएर उनीहरुको मृत्यू भएको बताएका छन् ।
सोही ईलाकाका स्थानीयहरुका अनुसार विषालु रक्सी खाएर मृत्यू हुनेको सँख्या १० पुगेको छ । स्थानीइ सँतोष साह, छोटेलाल साह, सूरज राम, दुर्गा शर्मा, ईन्द्रजीत राम, मुकेश राम, लालबाबु राम र बैलिस्टर रामको मृत्यू भईसकेको छ । जबकी, डिएम चौधरीले मात्र ९ जनाको मृत्यू भएको दाबी गरेका छन् ।
यस बाहेक ७ जनालाई छुटटा छुट्टै स्थानमा उपचारको लागि भर्ना गरिएको छ । त्यसमध्ये भोला रामको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारको लागि पटना पठाइएको बताइएको छ ।
सो आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । विहार राज्यमा रक्सी बैन गरिएको छ । गत सन् २०१६ मै विहारमा रक्सीमा प्रतिबन्ध लगाएको थियो ।