उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न भएको छ। बिहीबार बिहान महोत्तरी र धनुषासहित देशभरका ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर सूर्यदेवको पूजा गरिने छठ पर्व सम्पन्न गरेका हुन्।विशेषगरी तराई मधेसमा मनाइने छठ पर्व पछिल्लो समय देशभर उल्लासका साथ मनाउन थालिएको छ। चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्ष विधिवत रुपमा छठ पर्व सकिएको छ।छठ ब्रतालुहरुले छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। छठ पर्व सोमबारदेखि सुरु भएको थियो। छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो।