
जनकपुरधाम । अमेरिकी राजदूत र्यान्डी जे बेरीले जनकपुरधाममा पुगेर छठपर्वमा सहभागी हुँदै पूजा गरेका छन् । उनले जनकपुरधामको गंगा सागर छठ घाटमा पूजा आराधना समेत गरेका छन् ।
उनी दूतावासका अन्य कूटनीतिज्ञ सहित छठ मनाउन त्यहाँ पुगेका थिए । ‘जनकपुरमा पुनः आउन पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु । छठ पर्वमा उज्यालो गतिविधि देख्न पाउँदा आभारी पनि छु’ उनले भने, ‘मलाई यो ठाउँले सँधै प्रभावित तुल्याएको छ ।’
राजदूत बेरीसँगै अमेरिकी सहयोग नियोग युएसएडका नेपाल निर्देशक सेप्डी पनि छठ मनाउन जनकपुर पुगेका थिए । आफूले त्यहाँ ठेकुवा र पुरीको स्वाद चाखेको समेत राजदूतले जनाएका छन् ।
राजदूत बेरीले सबैजनालाई छठ पर्वको शुभकामना समेत दिएका छन् । राजदूत बेरीले दशैंँ र तिहार पनि मनाउँदै शुभकामना दिएका थिए । उनी नेपाली चाडपर्व मनाउन सक्रिय पनि छन् ।